सोमबार, भदौ २९, २०८३

कञ्चनपुरमा छोराको हातबाट बुबाको हत्या

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

कञ्चनपुरमा कोदालो प्रहार गरेर छोराले बुबाको हत्या गरेका छन्। पुनर्वास नगरपालिका-११ भीमबस्तीका १८ वर्षीय हेमन्त धामीले ४६ वर्षीय बुबा जसवीरको हत्या गरेका हुन्।

जसवीरको घटनास्थलमा नै मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ। घरपरिवारको विवादका कारण हेमन्तले बुबामाथि आइतवार बिहान कोदालो प्रहार गरेका हुन्।

हेमन्तलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले नियन्त्रणमा लिएको छ। धामी पूर्व सैनिक रहेको खुलेको छ।

 

प्रकाशित: Oct 08, 2023| 11:04 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्