शनिबार, जेठ २३, २०८३

कर्णालीमा तुइन चुडिँदा एकजना बेपत्ता

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०
National life
Shivam cement

हुम्लामा तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन्।

हुम्लाको सर्केगाड गाउँपालिका-२ रिपस्थित ल्याप्चे घाटबाट मुगुको सोरु गाउँपालिका-५ नेर गाउँका ३८ वर्षीय मकरसिंह नेपाली बेपत्ता भएका हुन्।

उनी कर्णाली करिडोरको ग्युसी-छारे खण्डमा मजदुरको रुपमा काम गर्दै आएका थिए। काम सकेर बासस्थानतिर जाँदै गर्दा तुइनबाट खसेर उनी बेपत्ता भएको सूचना आएकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

प्रकाशित: Oct 08, 2023| 09:46 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्