शनिबार, जेठ २३, २०८३

हमास हमलामा मारिने इजरायलीको संख्या सय नाघ्यो

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

हमासको आक्रमणमा परी मृत्यु हुने इजरायलीको संख्या एक सय नाघेको छ। करिब एक हजार घाइतेको अस्पतालमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

National life

यीमध्ये दर्जनौँ गम्भीर घाइते छन्। इजरायलमा रहेका ९ जना नेपाली पनि घाइते भएको र तीमध्ये दुईजना गम्भीर रहेको नेपाल सरकारले जानकारी दिएको छ।

कतिपय स्थानमा लडाइँ जारी रहेको र कैयौँ इजरायली हमास लडाकुको बन्धक भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताइएको छ।

जवाफमा इजरायली सेनाले सुरु गरेको हवाई आक्रमणमा करिब २ सय प्यालेस्टाइनीको ज्यान गएको जनाइएको छ। गाजामाथि हवाई आक्रमण जारी छ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले मुलुक युद्धमा रहेको र यो युद्ध जितेरै छाड्ने बताएका छन्।

Shivam cement

isarael-1696689524.jpg 

प्रकाशित: Oct 08, 2023| 06:13 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्