हमासको आक्रमणमा परी मृत्यु हुने इजरायलीको संख्या एक सय नाघेको छ। करिब एक हजार घाइतेको अस्पतालमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
यीमध्ये दर्जनौँ गम्भीर घाइते छन्। इजरायलमा रहेका ९ जना नेपाली पनि घाइते भएको र तीमध्ये दुईजना गम्भीर रहेको नेपाल सरकारले जानकारी दिएको छ।
कतिपय स्थानमा लडाइँ जारी रहेको र कैयौँ इजरायली हमास लडाकुको बन्धक भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताइएको छ।
जवाफमा इजरायली सेनाले सुरु गरेको हवाई आक्रमणमा करिब २ सय प्यालेस्टाइनीको ज्यान गएको जनाइएको छ। गाजामाथि हवाई आक्रमण जारी छ।
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले मुलुक युद्धमा रहेको र यो युद्ध जितेरै छाड्ने बताएका छन्।