शनिबार, जेठ २३, २०८३

इजरायलमा ९ नेपाली घाइते, दुईको अवस्था गम्भीर

 |  शनिबार, असोज २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २०, २०८०
National life
Shivam cement

इजरायलमा शनिबार बिहान भएको हमास विद्रोहीहरुको हमलामा परेर ९ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ।

मन्त्रालयका अनुसार १४ जना नेपाली कार्यरत एक कृषि फार्ममा आक्रमण हुँदा यो घटना भएको थियो। आक्रमण भएको क्षेत्रमा रहेका नेपालीसँग इजरायलस्थित नेपाली दूतावास सम्पर्कमा रहेको र इजरायली अधिकारीहरूसँगको सम्पर्क र सहकार्यमा नेपालीहरूको सुरक्षा, उद्धार र घाइतेहरूको उपचार भइरहेको मन्त्रालयको भनाइ छ।

शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण सुरु गरेको हो। आक्रमणमा ४० जनाको मृत्यु भएको बताइएको छ।

प्रकाशित: Oct 07, 2023| 20:23 शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्