शनिबार, जेठ २३, २०८३

नारायणी र राप्तीले बगाएर दुई महिलाको मृत्यु

३२ वर्षीया कविता गैरे र ४८ वर्षीया फडीमाया अधिकारीको नारायणी र राप्तीले बगाएर मृत्यु भएको हो।
 |  शनिबार, असोज २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २०, २०८०

काठमाडौं– चितवनमा नारायणी र राप्ती नदीले बगाएर दुई महिलाको मृत्यु भएको छ। नारायणी नदीले बगाएर तीनमध्ये एक महिलाको मृत्यु भएको हो।

National life

एक बेपत्ता र एक जनाको उद्धारपछि अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए।

आज मध्याह्न्न १२ बजेको समयमा भरतपुर–१ नारायणी नदी किनारमा निर्माण गरिएको रिभरबिच चौतारीबाट नदीमा हाम फालेकी ३२ वर्षीया कविता गैरेको तत्काल उद्धार गरी भरतपुर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

भरतपुर–२५ राप्ती नदीको जमुनाघाट क्षेत्रमा निउरो टिप्न नदी तर्दै गरेको अवस्थामा दुई जना महिलालाई नदीले बगाएको सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले एक जनाको शव फेला पारेको हो। अर्की एक जना बेपत्ता छन्। 

भरतपुर–२४ बस्ने वर्ष ४८ वर्षीया फडीमाया अधिकारीको शव नदीबाट बाहिर निकालिएको छ भने सोही ठाउँकी ३२ वर्षीया निरमाया श्रीमल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Shivam cement

प्रकाशित: Oct 07, 2023| 15:20 शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्