शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रिगल रिहाइबारे गृहमन्त्रीलाई रविको प्रश्‍न - डनलाई 'वेलडन' भन्‍नुपर्ने हालत किन आयो? 

रिगल रिहाइबारे गृहमन्त्रीलाई रविको प्रश्‍न - डनलाई 'वेलडन' भन्‍नुपर्ने हालत किन आयो? 

 |  शनिबार, असोज २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २०, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले हत्या मुद्दामा दोषी ठहर भएका योग ढकाल (रिगल) को रिहाइबारे गृहमन्त्रीलाई प्रश्‍न गरेका छन्। 

National life

सामाजिक सञ्‍जाल फेसबुकमा उनले लेखेका छन्, 'गृहमन्त्रीज्यू, प्रश्न अब तपाईं तिर तेर्सियो। कसैले पनि प्रेसर र इन्ट्रेस्ट  नदिएको 'भनिएको' यो केश,के  प्रक्रियासंगत तरिकाले आएकाले नै तपाईंले मन्त्री परिषद्मा लैजानु भएको हो? सिंगो देशलाई  तपाईंले सदन बाट जवाफ दिनु होला।' 

उनले यो रिगल रिहाइ कांग्रेसले नचाहेको प्रष्ट भएको पनि उल्लेख गरेका छन्। भनेका छन्, 'मैले ढिलो गरि  यसबारे कांग्रेस महामन्त्रीज्यूको अभिव्यक्ति सुनें। रिगलको रिहाई कांग्रेसले चाहेको होइन रहेछ, प्रष्ट भयो। रिगल माओवादी निकट पनि होइनन्, त्यसैले माओवादीले चाहने कुरै भएन। राष्ट्रपतिज्यूले त 'सहि मात्र धस्काएको हु, म कहाँ कराउन नआओ' भनिसक्नु भयो।' 

उनले रिगलबारे लेखिएको समाचार शेयर गर्दै आफ्नो पार्टीले राखेको संकल्प प्रस्ताव नतुहाउ पनि खबरदारी गरेका छन्। भनेका छन्, 'यसविरुद्ध हामीले संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छौं। हामी लोकतन्त्रमा विश्वास गर्छौ, संसदीय प्रणाली प्रति विश्वास राख्छौं। गृहमन्त्री प्रतिको हाम्रो, विशेषगरी मेरो  विश्वास जीवितै छ। देशको न्याय प्रणाली भविष्यमा पनि कुनै "डन"लाई "वेलडन" भन्नू पर्ने हालतमा नपुगोस् भनेरै संकल्प प्रस्ताव दर्ता गराएका हौं। यो संकल्प प्रस्ताव हामीले दर्ता गराएका अन्य प्रस्ताव जस्तै नतुहियोस्। र, यो अनुरोध होइन, खबरदारी हो।'

उनले नेताले लोकतन्त्रको सातो लिन थालेको उल्लेख गर्दै भनेका छन्, 'मिडियालाई समाचार बाहेक सारा बिज्नेश चाहिएको छ, नेतालाई जनता बाहेक सबको सेवा गर्नु छ। यदि यसो हुदैनथ्यो भने हाम्रो लोकतन्त्रलाई २/४ नेताका परिवार र आफन्तले यति विघ्‍न बदनाम गर्ने आँट गर्न सक्दैनथे। मिडियाले /नेताले बेलैमा यिनको सातो लिन सकेको भए आज यिनले लोकतन्त्रको सातो लिने थिएनन्।' 

Shivam cement

प्रकाशित: Oct 07, 2023| 15:00 शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्