शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • एलिजेको फोटो पोस्ट गर्ने व्यक्तिबारे अध्यागमन विभागले के भन्यो? 

एलिजेको फोटो पोस्ट गर्ने व्यक्तिबारे अध्यागमन विभागले के भन्यो? 

 |  शनिबार, असोज २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २०, २०८०

काठमाडौं- टिकटकर एलिजेह जमाली (एलिजे)को बुर्का खोलिएको तस्बिर टिकटकमा राख्ने व्यक्ति आफ्नो कर्मचारी नभएको अध्यागमन विभागले स्पष्ट पारेको छ।

National life

तर, उक्त तस्बिर अध्यागमनकै प्रणालीबाट बाहिरिएको हुन सक्ने देखिएकाले अनुसन्धान भइरहेको विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए।

‘अहिलेसम्म हेर्दा टिकटकमा तस्बिर राख्ने व्यक्ति हाम्रो कर्मचारी होइन भन्ने देखिएको छ,’ तामाङले भने, ‘तर, तस्बिरको चुहावट हाम्रै प्रणालीबाट भएको हुन सक्छ। कसरी त्यस्तो हुन गयो भनेर छानबिन गर्दैछौँ।’

चर्चित टिकटकर एलिजेको इन्गेजमेन्टकै दिन बुर्काबिनाको अनुहार सार्वजनिक गर्ने को हो? तामाङका अनुसार अध्यागमनको कम्प्युटर प्रणालीमा १ सय ३० जना अधिकृतको पहुँच हुन्छ। तीमध्ये कसै न कसैले फोटो बाहिर पठाएको हुन सक्छ।

‘प्रणालीमा विवरण प्रविष्टि गराउने अधिकृतले नै यो तस्बिर चुहावट गरेको हो भन्नचाहिँ सकिँदैन,’ उनले भने। टिकटकमा उक्त फोटो राख्ने व्यक्ति आफ्नो कर्मचारी नभएकाले सोधीखोजी गर्ने अधिकार पनि आफूसँग नभएको तामाङको भनाइ छ।

Shivam cement

उनी भन्छन्, ‘बरु प्रहरीले यो विषय हेर्न सक्छ। हामी आन्तरिक छानविन त गर्छौं तर बाहिरको व्यक्तिलाई बोलाएर कसरी यो तस्बिर पायौ भन्ने अधिकार हामीसँग छैन।’

जमालीले आफ्नो अनुहारको बुर्का तल झारेर हेरिरहेको तस्बिर बिक्कीसोनी नामको एकाउन्टबाट शुक्रबार साँझतिर सार्वजनिक भएको थियो। 

यो एकाउन्ट कसको हो भनेर यकिन भइसकेको छैन। जमालीको अनुहारसहितको फोटोमाथि ‘ब्रेकिङ न्युज, एलिजा फेस रिबिल‘ नेपाल बुहारी एलिजा’ लेखेर टिकटकमा पोस्ट गरेका थिए। 

जमालीले आफ्नो अनुहारको बुर्का तल झारेर हेरिरहेको तस्बिर बिक्कीसोनी नामको एकाउन्टबाट शुक्रबार साँझतिर सार्वजनिक भएको थियो। 

यो एकाउन्ट कसको हो भनेर यकिन भइसकेको छैन।

जमालीको अनुहारसहितको फोटोमाथि ‘ब्रेकिङ न्युज, एलिजा फेस रिबिल ‘नेपाल बुहारी एलिजा’ लेखेर टिकटकमा पोस्ट गरेका थिए।

उनी नेपाली टिकटकर आयुषसिंह ठकुरीसँग प्रेम सम्बन्धमा थिइन्। पछिल्लो समय दुबईमा रहेका उनीहरूले आफ्नो इन्गजमेन्टका इभेन्टहरू टिकटकमार्फत सार्वजनिक गरेका छन्।

 

प्रकाशित: Oct 07, 2023| 15:40 शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्