शनिबार, जेठ २३, २०८३

बझाङमा ४ दिनमा १५ पटक पराकम्प

 |  शनिबार, असोज २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २०, २०८०

काठमाडौं- बझाङमा पछिल्लो ४ दिनको अवधिमा साना-ठूला गरी १५ पटक पराकम्प गएको छ। गत १६ गते दिउँसो २:४० बजे ५.३ म्याग्‍निच्युडको पराकम्प गएको थियो भने त्यसको २६ मिनेटपछि ३:०६ बजे ६.३ म्याग्‍निच्युडको पराकम्प गएको थियो। 

National life

उक्त पराकम्पले बझाङमा ठूलो क्षति गरेको छ। बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर गत मंगलबार गएको भूकम्प र त्यसपछिका परकम्पले हालसम्म २० घाइते र एक जनाको मृत्यु भएको छ।  घाइतेमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ। 

करिब २०० संरचनाहरु भत्किएका छन्। त्यसयता लगतार हरेक दिनजसो पटक-पटक गरी १५ पटकसम्म पराकम्प गइरहेको छ। 

बझाङमा ४.० देखि ६.३ सम्मका पराकम्पहरु गइरहेको भूकम्प मापन केन्द्रले जनाएको छ। शनिबार पनि ११ः४५ बजे भाटेखोला नजिकै केन्द्रबिन्दु बनाएर ५.३ र १२ बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रकले जनाएको हो। 

वरिष्ठ भूकम्पविद् विजयप्रसाद कोइरालाका अनुसार सुदूरपश्चिम क्षेत्रमा ठूलो शक्ति सञ्चित भएर बसेकाले भूकम्पको उच्च जोखिम छ। आजको भूकम्प मंगलबार गएको भूकम्पको पराकम्प रहेको उनको भनाइ छ।

Shivam cement

‘सन् १५०५ यता त्यहाँ ठूलो भूकम्प गएको छैन। त्यसैले त्यस क्षेत्रमा ठूलो शक्ति सञ्चित भएको छ। दुईवटा प्लेट जुधेर सञ्चित भएको शक्ति निकास हुने भनेकै भूकम्पबाटै हो’, वरिष्ठ भूकम्पविद् कोइरालाले भने, ‘मङ्गलबार मझौला खालको भूकम्प गएकामा त्यसका पराकम्प अझै आइरहेका छन्। अझै केही दिन यस्ता पराकम्प आउन सक्छन्।’

नेपालमा २०७२ वैशाख १२ गते गएको ७.८ म्याग्‍निच्युडको भूकम्पमा परी ८ हजार ९६४ जनाको मृत्यु भएको थियो भने २१ हजार ९५२ जना घाइते भएका थिए। त्यसयता देशका विभिन्‍न भागमा पराकम्पहरु गइरहेका छन्। 
 

प्रकाशित: Oct 07, 2023| 13:42 शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्