शनिबार, जेठ २३, २०८३

बेलायत भ्रमणमा निस्किए प्रहरी महानिरीक्षक कुँवर

बेलायत सरकारको निमन्त्रणमा २२ देखि २६ असोजसम्म आयोजना हुने सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत विषयक कार्यक्रममा सहभागी हुन महानिरीक्षक कुँवर त्यता गएका हुन्।
 |  शनिबार, असोज २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २०, २०८०

काठमाडौं– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहितको चार सदस्यीय टोली बेलायत भ्रमणमा गएको छ। 

National life

बेलायत सरकारको निमन्त्रणमा २२ देखि २६ असोजसम्म आयोजना हुने सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत विषयक कार्यक्रममा सहभागी हुन महानिरीक्षक कुँवर त्यता गएका हुन्।

टोलीमा प्रहरी महानिरीक्षक कुँवरका साथै प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दानबहादुर कार्की र शेखर खनाल रहेका छन्। भ्रमण टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले बिदाइ गरेका थिए।

नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदान–प्रदानका साथै विकसित अपराधका चुनौतीबारे अनुभव साटासाट हुने प्रहरी मुख्यालयले जनाएको छ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्।

Shivam cement

प्रकाशित: Oct 07, 2023| 13:27 शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्