शनिबार, जेठ २३, २०८३

फेरि भूकम्पले हल्लियो बझाङ

आज मध्यान्ह ११ः४५ बजे भाटेखोला नजिकै केन्द्रबिन्दु बनाएर ५.३ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो। 
 |  शनिबार, असोज २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २०, २०८०

काठमाडौं– बझाङको भोटेखोलालाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ। आज मध्यान्ह ११ः४५ बजे भाटेखोला नजिकै केन्द्रबिन्दु बनाएर ५.३ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रकले जनाएको हो। 

National life

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर गत मंगलबार गएको भूकम्प र त्यसपछिका परकम्पले हालसम्म २० घाइते र एक जनाको मृत्यु भएको छ।  घाइतेमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गत मंगलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। दोस्रोपल्ट ३ः६ बजे बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो।

त्यसपछि पनि निरन्तर परकम्पन गइरहेका छन्। गत मंगलबारयता बझाङमा १४ वटा भूकम्पका धक्का महसुस भएका छन्।

प्रकाशित: Oct 07, 2023| 13:05 शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्