शनिबार, जेठ २३, २०८३

सवारी दुर्घटनामा एक जनाको मृत्यु

दुर्घटनामा परी नुवाकोटको बेलकोट नगरपालिका–५ का ४२ वर्षीय दीप श्रेष्ठले ज्यान गुमाएका हुन्।
 |  शनिबार, असोज २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २०, २०८०
National life
Shivam cement


काठमाडौं– मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा परी ज्यान गुमाउनेमा नुवाकोटको बेलकोट नगरपालिका–५ का ४२ वर्षीय दीप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना६ख ३९८७ नम्बरको कन्टेनर त्रिभुवन राजपथ सडक खण्डमा अनियन्त्रित भई अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुँदा श्रेष्ठको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन्।

उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

प्रकाशित: Oct 07, 2023| 10:41 शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्