शनिबार, जेठ २३, २०८३

बाहिरिँदै मनसुन

 |  शनिबार, असोज २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २०, २०८०

सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार सुदूरपश्चिमका सबै भूभाग र कर्णाली प्रदेशका पश्चिमी भूभागबाट मनसुन बाहिरिएको हो।

National life

अन्य भूभागमा भने मनसुनको प्रभाव कायम छ। बाँकी क्षेत्रहरूबाट पनि मनसुन चाँडै बाहिरिनेछ। पूर्वी भूभागबाट भित्रने मनसुन पश्चिमी भूभागबाट बाहिरिन्छ। नेपालमा एक दिन ढिला गरी जुन १४ (जेठ ३१ गते) मनसुन भित्रिएको थियो। सामान्यतया अक्टोबर २ सम्म मनसुन बाहिरिन्छ। तर यसपालि पाँच दिन ढिला गरी देशका आंशिक क्षेत्रबाट मनसुन बाहिरिएको हो।

मनसुन बाहिरिए पनि स्थानीय वायु र पश्चिमी वायुका कारण छिटफुट वर्षाको सम्भावना भने रहन्छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।

कोशी, मधेश, बागमती र  लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Shivam cement

राति  कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Oct 07, 2023| 08:01 शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्