सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रेम चलाउनेमाथि आक्रमण गर्ने सयुजलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

प्रेम चलाउनेमाथि आक्रमण गर्ने सयुजलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

 |  शुक्रबार, असोज १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १९, २०८०

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्ने सयुज श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ। 

शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सयुजलाई थुनामा पठाउन आदेश दिएको हो।

सुरूमा जिल्ला अदालतले सयुजसहित ७ जनालाई धरौटीमा छाडेको थियो। सयुज लगायत आफूमाथि आक्रमण गर्नेहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालतको निर्णयविरूद्ध चलाउने उच्च अदालत पाटन गएका थिए।

प्रकाशित: Oct 06, 2023| 21:35 शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्