शनिबार, जेठ २३, २०८३

दसैंको टिकट बुकिङ २२ असोजदेखि

 |  शुक्रबार, असोज १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १९, २०८०

यो वर्षको दसैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलबाट यो निर्णय भएको हो।

National life

अग्रिम टिकट बुकिङ खुला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ।

टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने विभागको भनाइ छट। दसैंका लागि मुख्य राजमार्गका खाल्डाखुल्डी पुर्ने र सडकलाई सहज बनाउने कामलाई तीव्र पारिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

यो वर्षको दसैं असोज २८ बाट सुरु हुन्छ। यसदिन घटस्थापना परेको छ भने दसैंको मुख्य दिन विजयादशमी कात्तिक ७ गते छ। दसैं मनाउन उपत्यकाबाट १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान छ।

प्रकाशित: Oct 06, 2023| 17:47 शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्