शनिबार, जेठ २३, २०८३

हिमताल फुटेर आएको बाढीबाट ४० को मृत्यु

 |  शुक्रबार, असोज १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १९, २०८०

गुवाहाटी- भारतको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीबाट कम्तीमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन्।

National life

भारतीय सेनाले बाढीमा फँसेका हजारौँको हेलिकप्टरमार्फत उद्धार गर्ने योजना बनाएको छ। उच्च हिमाली भूभागमा अचानक हिमताल विष्फोट भएपछि बुधबार सिक्किम राज्यको दुर्गम क्षेत्रमा हिंसात्मक बाढी आएको थियो।

जलवायु विज्ञहरूले विश्वव्यापी तापक्रम बढिरहँदा र हिउँ पग्लिन थालेसँगै यस्तै किसिमका विपत्तिहरू हिमालय क्षेत्रभर बढ्दो खतरा बन्ने चेतावनी दिएका छन्।

पानीको बहाव बङ्गालको खाडीतिरको ग्रामीण इलाकामा बढ्न थालेपछि उद्धारकर्मीहरूले राति थप शव फेला पारेका हुन्। सिक्किम राज्यका उच्च अधिकारी भीबी पाठकले भने, ‘अहिलेसम्म १९ वटा शव फेला परेका छन्।’

छिमेकी राज्य पश्चिम बङ्गालका जिल्ला मजिस्ट्रेट शामा प्रवीणले आफ्नो राज्यमा पछिल्लो तीन दिनमा थप २१ शव फेला परेको जानकारी दिए। सिक्किम राज्य सरकारका अनुसार विद्यालय, सरकारी कार्यालय र गेस्टहाउसहरूमा स्थापना गरिएका राहत शिविरहरूमा करिब आठ हजारले आश्रय लिएका छन्।   -एएफपी

Shivam cement

प्रकाशित: Oct 06, 2023| 20:02 शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्