सोमबार, भदौ २९, २०८३

किशोरीलाई बन्धक बनाएर बलात्कार गर्ने किशोर पक्राउ

झापाको बाह्रदर्शी गाउँपालिका–२ का २० वर्षीय अजय शर्मा खत्वेलाई किशोरी बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
 |  शुक्रबार, असोज १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १९, २०८०

काठमाडौं–१७ वर्षीया किशोरीलाई बन्धक बनाएर एक सातासम्म जबर्जस्ती करणी गरेर खोटाङबाट भागेका किशोर झापाबाट पक्राउ परेका छन्। झापाको बाह्रदर्शी गाउँपालिका–२ का २० वर्षीय अजय शर्मा खत्वेलाई किशोरी बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो। 

उनले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा १० १७ असोजसम्म १७ वर्षीया एक किशोरीलाई बन्धक बनाएर जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ।

किशोरीको उजुरीको आधारमा पक्राउ परेका खत्वेलाई झापाबाट खोटाङ पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। यद्यपि प्रहरीले बलात्कृत किशोरीको नाम भने सार्वजनिक गरेको छैन।

प्रकाशित: Oct 06, 2023| 15:10 शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्