सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • यस वर्षको नोबेल पुरस्कार इरानी मानव अधिकारकर्मी नार्गेस मोहम्मादीलाई 

यस वर्षको नोबेल पुरस्कार इरानी मानव अधिकारकर्मी नार्गेस मोहम्मादीलाई 

नोबेल पुरस्कार समितिले इरानमा महिलामाथि हुने दमनविरुद्ध लडेको लडाइँ, मानव अधिकार र स्वतन्त्रताका लागि गरेको योगदानस्वरुप मोहम्मादीलाई नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो। 
 |  शुक्रबार, असोज १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १९, २०८०

काठमाडौं– यस वर्षको नोबेल पुरस्कार इरानी जेलमा बन्दी बनाइएकी इरानकी मानव अधिकारकर्मी नार्गेस मोहम्मादीले पाएकी छन्।

आज नोबेल पुरस्कार समितिले इरानमा महिलामाथि हुने दमनविरुद्ध लडेको लडाइँ, मानव अधिकार र स्वतन्त्रताका लागि गरेको योगदानस्वरुप मोहम्मादीलाई नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो। 

निरंकुश इरानी सत्ताको कोपभाजनमा परेकी ५१ वर्षीया मोहम्मादी यतिबेला जेलमा छन्। उनलाई इरानी सरकारले १३ पटक पक्राउ गरी पाँच पटक दोषी ठहर गरेर ३१ वर्ष जेल सजाय र १५४ कोर्राको सजाय सुनाएको छ।

प्रकाशित: Oct 06, 2023| 15:05 शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्