शनिबार, जेठ २३, २०८३

बत्ती बाल्न पाएपछि दंग छन् दलगाउँबासी

 |  शुक्रबार, असोज १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १९, २०८०

टक्सार- विद्युत्को पहुँचबाट टाढा रहेको दलगाउँका तीन परिवारलाई गाउँपालिकाले सोलार सेट उपलब्ध गराएपछि खुसी भएका छन्। भोजपुरको रामप्रसाद राई गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका वडा नम्बर ४, दलगाउँका तीन परिवारलाई सोलार सेट सहयोग गरेको हो।

National life

पालिकाका अध्यक्षबाट सोलार सेट बुझेपछि मीनराज राईले भने, “सबैतिर बत्ती पुगे पनि हामी अध्यारोमा बस्न बाध्य थियौँ। पालिकाको सहयोगले आफूहरुलाई राहत मिलेको छ। हामी खुसी भयौँ।”

विद्युत्को सेवाबाट वञ्चित दलगाउँका राईसहित मनकुमारी राई र बखतबहादुर राईलाई पालिकाका अध्यक्ष थामबहादुर राईले सोलार सेट हस्तान्तरण गर्दै पालिकाभित्रका कोही पनि नागरिक विद्युत् सेवाबाट वञ्चित हुन नपरोस् भन्नका लागि सहयोग गरिएको बताए। “विद्युत् सेवाका लागि दूरी टाढा र आर्थिक अवस्थासमेत कमजोर भएकाले तीन परिवारलाई सहयोग गरेका हौँ”, उनले भने।

विद्युत् नहुँदा अन्धकारका बस्न बाध्य परिवारलाई पालिकाले सहयोग गरेपछि सबै क्षेत्रमा विद्युत् विस्तार भएको वडाध्यक्ष बाबुकुमार राईले बताए। उनका अनुसार विद्युत् प्राधिकरणबाट सबै क्षेत्रमा विद्युत् विस्तार भए पनि दूरी तथा आर्थिक अवस्था कमजोर भएकाले तीन परिवारको घरमा सेवा पुगेको थिएन।

चाडपर्व नजिकिएसँगै गाउँपालिकाले वडा तहमा पुगेर ज्येष्ठ, अपाङ्गता भएका तथा अशक्त नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। पालिकाले एनआइसी एसिया बैंकको समन्वयमा दलगाउँका एक सय ५४ लाभग्राहीलाई स्वास्थ्य परीक्षण गरी भत्ता उपलब्ध गराइएको पालिकाका अध्यक्ष राईले जानकारी दिए। पालिकाले आगामी २५ गतेसम्म सबै वडामा पुगेर भत्ता वितरण सम्पन्न गर्ने जनाएको छ।

Shivam cement

प्रकाशित: Oct 06, 2023| 20:41 शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्