आइतबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • देउराली सहकारीः अध्यक्ष चौलागाईंले साढे ४ करोड हिनामिना गरे, बचतकर्ताको ७ अर्ब डुब्ने आशंका

देउराली सहकारीः अध्यक्ष चौलागाईंले साढे ४ करोड हिनामिना गरे, बचतकर्ताको ७ अर्ब डुब्ने आशंका

सीआइबीले साढे ४ करोड ठगी गर्ने देउराली सहकारीका अध्यक्ष चौलागाईंलाई ठगी कसुरमा पक्राउ गरेको हो।
 |  शुक्रबार, असोज १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १९, २०८०

vianetvianet


काठमाडौं– प्रहरीले ललितपुरको देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सहकारी ठगी कसुरमा उनलाई बुधबार पक्राउ गरेको हो। 

चौलागाईंविरुद्ध साढे ४ करोड ठगीको जाहेरी परेको सीआईबीले जनाएको छ। देउराउलीले बचतकर्ताको करिब ७ अर्ब फिर्ता गर्न सकेको छैन। देउराली बचत तथा ऋण सहकारीको करोडौं रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको सीआइबीले पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ। 

संस्थाकै अध्यक्षसहित पदाधिकारीहरुले नै रकम हिनामिना गरेको जाहेरीका आधारमा प्रहरीले उक्त सहकारीका अध्यक्ष काभ्रेपलाञ्चोकका चौलागाईंलाई पक्राउ गरेपछि आफ्नो रकम हिनामिना भएको भए बेहोरा उल्लेख गरी उजुरी दिन सीआईबीले बचतकर्तालाई आग्रह गरेको हो। 

सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले अहिलेसम्म पीडितबाट साढे ४ करोड ठगी भएको उजुरी प्राप्त भएकाले बाँकी कोही पीडित भए सम्पर्कमा आउन सूचित गरिएको जानकारी दिए। 

निक्षेपकर्तालाई आकर्षक ब्याज दिने प्रलोभन देखाई तिनको रकम मुद्दती, निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएर अध्यक्षसहितका पदाधिकारीले हिनामिना गरेका थिए।

National life insurance

सहकारीबाट मासिक तथा त्रैमासिक र वार्षिक रुपमा ब्याज पाइने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावाँ र ब्याज फिर्ता पाइने विश्वासका साथ बचतकर्ताले रकम जम्मा गरेका थिए। तर, बचत रकमको सावाँ र ब्याज फिर्ता नदिई हिनामिना गरेपछि पीडितहरु प्रहरीमा आइपुगेका थिए।

पटक–पटक ताकेता गर्दा पनि फिर्ता नदिएर आफ्नो निक्षेप जोखिममा पारेपछि पीडतले उजुरी दिएको प्रहरीले जनाएको छ। सीआईबीले तुलसी सहकारी, शिवशिखरलगायत विभिन्न सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Oct 06, 2023| 13:50 शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्