आइतबार, जेठ २५, २०८२

ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

ठक्करबाट स्कुटर चालक काठमाडौं महानगर–१३ ताहाचल बस्ने ३२ वर्षीया आकृति शर्माको मृत्यु भएको हो। 
 |  शुक्रबार, असोज १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १९, २०८०

vianetvianet

काठमाडौं– भद्रकालीमा सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। काठमाडौं महानगर–२८ स्थित भद्रकाली नजिकै सभागृह मोडमा सेनाको ट्रकले ठक्कर दिँदा एक  महिलाको मृत्यु भएको हो।

प्र३–०१–००१ग ३७०५ नं.को ७.५ टन ट्रकले बा.प्र–०२–०१८ प ९२७७ नं.को स्कुटरलाई ठक्कर दिएको हो।

ठक्करबाट स्कुटर चालक काठमाडौं महानगर–१३ ताहाचल बस्ने ३२ वर्षीया आकृति शर्माको मृत्यु भएको हो।

ठक्करपछि घाइते भएकी उनको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो। उपचारको क्रममा राती ८ बजे उनको मृत्यु भएको हो।

प्रकाशित: Oct 06, 2023| 10:59 शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्