शनिबार, जेठ २३, २०८३

भीरबाट लडेर अमेरिकी नागरिकको मृत्यु

मनाङको नासों गाउँपालिका–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुंगा पन्छाउने क्रममा बुधबार राती चाल्स केथ सडकबाट करिब सय मिटर तल मस्र्याङ्दी नदी किनारमा खसे। 
 |  शुक्रबार, असोज १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १९, २०८०

मनाङ– हिमाली जिल्ला मनाङ आउने क्रममा भीरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकी नागरिक  ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन्। डेभिज बुधबार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक र पोटरसहित बा६च ७५६ नम्बरको गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे आउँदै थिए।

National life

बेंसीसहर–चामे सडक खण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुंगा पन्छाउने क्रममा बुधबार राती उनी करिब सय मिटर तल मस्र्याङ्दी नदी किनारमा खसेको मनाङका प्रहरी नायब उपरीक्षक फणीन्द्र रानाभाटले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उनको राती नै उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे ल्याएको थियो।

उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक रानाभाटले बताए। डेभिजको शव परीक्षणका लागि हेलिकोप्टरमा बिहीबार त्रवि शिक्षण अस्पताल काठमाडौं लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 06, 2023| 10:41 शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्