शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • गोली लागेर घाइते असई चौधरीकी श्रीमतीको उपचारको क्रममा मृत्यु

गोली लागेर घाइते असई चौधरीकी श्रीमतीको उपचारको क्रममा मृत्यु

 |  शुक्रबार, असोज १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १९, २०८०

काठमाडौं- गोली लागेर घाइते भएकी नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ। 

National life

सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले बताएका छन्। 

उनी नौ दिन अघि पति लक्ष्मणको पेस्तोलको गोली लागेको अवस्थामा निवासमै घाइते अवस्थामा फेला परेकी थिइन् । घाइते अवस्थामा भेटिएकी उनलाई उपचारका लागी त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

प्रहरी सहायक निरीक्षक चौधरीले बोक्ने पेस्तोलबाट दुई राउन्ड फायर भएको अनुसन्धानबाट खुलेको छ। शर्मिलाको कोखामा १ राउन्ड गोली लागेको थियो।

यसबारे थप अनुसन्धान प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौंबाट भइरहेको प्रहरीले जनाएको छ।

Shivam cement

प्रकाशित: Oct 06, 2023| 09:32 शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्