रुसको हमलामा परी युक्रेनमा ५१ जनाको ज्यान गएको छ। राष्ट्रपति जेलेन्स्कीका अनुसार पूर्वी युक्रेनमा यो क्षति भएको हो।
रुसले युक्रेनको एउटा गाउँमा हमला गरेको हो। यो गाउँमा करिब ५ सय मानिसमात्र बस्थे। रुसी आक्रमणमा परी पूरै गाउँका १० प्रतिशत मानिस मारिएका छन्।
युक्रेनका गृहमन्त्रीले एक टिभी च्यानललाई दिएको जानकारीअनुसार हमला भएको समयमा गाउँका लगभग ३०० जना एक अन्तिम संस्कार प्रक्रियामा सहभागी थिए।
हमलालाई संयुक्त राष्ट्र संघले भयानक भनेको छ। 'यो युद्ध अपराध हो,' राष्ट्रसंघका डेनिस ब्राउनले भनेका छन्।