शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रिगललाई कैद माफी दिनुको कारण सात दिनभित्र पेश गर्न सर्वोच्चको आदेश

रिगललाई कैद माफी दिनुको कारण सात दिनभित्र पेश गर्न सर्वोच्चको आदेश

 |  बिहीबार, असोज १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकालको कैद माफी मिनाहा गर्नुको कारण माग गरेको छ। चेतन मानन्धरकी पत्नी भारतीले दिएको रिटमाथि बिहीबार सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले सुनुवाइ गर्दै सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

National life

संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट ढकालको कैद माफी मिनाहा भएपछि न्याय माग्दै भारतीले सर्वोच्च अदालतमा रिट दिएकी थिइन्। उनले ढकाललाई पुनः जेलमै पठाउनुपर्ने माग गर्दै काठमाडौँको माइतीघरमा अनशनसमेत शुरू गरेकी छन्।

'निवेदकको मागबमोजिम उत्प्रेषणसमेतको आदेश किन जारी हुनु पर्ने/नपर्ने हो? जारी हुनु नपर्ने मनासिब आधार, कारण र प्रमाण भए सोसमेत खुलाइ प्रत्यर्थीमध्ये रिगल ढकाललाई आफैँ वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रत्यर्थीहरूको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतको नियमावली, २०७४ को नियम ४६ (१) बमोजिम मिति २०८०/०६२४ गते साँझ ५ बजेभित्र लिखित जवाफ पेस गर्नु' आदेशमा भनिएको छ।

त्यस्तै, सर्वोच्चले रिट निवेदनको टुंगो नलाग्दासम्म निवेदक तथा निजको परिवारका सदस्यहरूलाई यथोचित सुरक्षा आवश्यक भए सोको व्यवस्था गर्न पनि गृह मन्त्रालयलाई भनेको छ। पेसीलाई अग्राधिकार दिँदै रिगलको हकमा राष्ट्रपतिबाट माफी मिनाहा सम्बन्धमा भएको निर्णयसहितको सम्पूर्ण सक्कल मिसिल झिकाउन आदेश दिइएको छ।

प्रकाशित: Oct 05, 2023| 17:26 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्