सोमबार, भदौ २९, २०८३

भारतबाट आउनेका लागि बैतडीमा यात्रु सहायता कक्ष स्थापना

 |  बिहीबार, असोज १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

बैतडी- चाडपर्वलाई लक्षित गर्दै भारतीय नाकासहित बैतडीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। 

दसैँ र तिहारका बेला यात्रुहरूलाई गन्तव्यमा  पुर्‍याउन सहयोग गर्ने उद्देश्यले भारतसँगको सीमानाका झुलाघाट, सदरमुकामस्थित गोठलापानी, सतबाँझ, गोकुलेश्वर, पाटन र खोड्पेमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो। 

चाडपर्वका समयमा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई समाधान गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। तोकिएकोभन्दा बढी भाडा लिन नदिन, क्षमताभन्दा बढी यात्रु बोक्न नदिन र यात्रुलाई सहजताका साथ गन्तव्यमा पुर्‍याउन यात्रु सहायता कक्षमार्फत काम गरिनेछ।

प्रहरीको १०० नम्बर र जिल्ला ट्राफिक प्रहरीको फोनमा सम्पर्क गरेर समस्या राखेमा पनि समस्या समाधान गरिने जनाइएको छ। सञ्चालन गरिएका प्रत्येक सहायता कक्षमा कम्तीमा दुई सुरक्षाकर्मी खटिएका छन्। 

छठ पर्वसम्म यात्रु सहायता कक्षलाई निरन्तरता दिइने बताइएको छ। दसैँ, तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गरेर जिल्लाका अन्य स्थानमा पनि चाँडै यात्रु सहायता कक्ष स्थापना गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: Oct 05, 2023| 20:41 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्