शनिबार, जेठ २३, २०८३

भूकम्पले भत्किएका ७६० सम्पदा पुनर्निर्माण

 |  बिहीबार, असोज १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

काठमाडौं- विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुननिर्माण सकिएको पुरातत्व विभागले जनाएको छ।

National life

भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्‍याएको थियो। हाल ५० सम्पदा पुननिर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। चालु आर्थिक वर्षमा ३० सम्पदाको पुननिर्माण सुरु गर्न बजेट विनियोजन भएको उनले बताएका छन्। 

भूकम्पले एक सय वर्षभन्दा पुराना दुई सय १५ गुम्बामा क्षति पुर्‍याएको जनाउँदै कुँवरले तीमध्ये २५ वटाको पुननिर्माण भइरहेको बताएका छन्। बाँकीको पुनःनिर्माणका लागि पहल भइरहेको विभागले जनाएको छ। सम्पदा पुनःनिर्माणका लागि काठ, इट्टालगायत निर्माण सामग्री नपाइने समस्याका कारण काममा ढिलाइ भएको प्रवक्ता कुँवरको भनाइ थियो। 

विसं २०७६ चैत ११ पछि विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका समयमा गरिएको बन्दाबन्दी, खरिद प्रक्रिया लामो हुनु, बजेट पर्याप्त नआउँनुलगायत कारणले पनि काममा ढिलाइ हुने गरेको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताए।

प्रकाशित: Oct 05, 2023| 21:21 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्