शनिबार, जेठ २३, २०८३

रोजगारीका नाममा ८० लाख ठग्ने दुई विदेशी नागरिक पक्राउ

पक्राउ परेका दुई विदेशी नागरिकले वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक, नर्वे, पोल्यान्ड, पोर्चुगललगायतका देशमा पठाइदिने भनी वर्क परमिटलगायत नक्कली कागजात देखाएर नेपालीलाई ठग्दै आएका थिए।
 |  बिहीबार, असोज १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

काठमाडौं– प्रहरीले नेपाली नागरिकलाई विदेश रोजगारीको प्रलोभनमा पारेर ठगी धन्धा चलाउँदै आएका पाकिस्तानी र अजरबैजानी नागरिकलाई पक्राउ गरेको छ।

National life

पाकिस्तानको राहुलपिन्डी घर भई हाल काठमाडौं महानगर–२६ ठमेल बस्ने ५१ वर्षीय नाजिर मोहम्मद र अजरबैजान घर भई हाल वडा–२६ ठमेल बस्ने ३१ वर्षीया आयसेल हुसेनिललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

उनका अनुसार पाकिस्तानी र अजरबैजनी नागरिकको साँठगाठ तथा मिलेमतोमा वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक, नर्वे, पोल्यान्ड, पोर्चुगललगायतका देशमा पठाइदिने भनी वर्क परमिटलगायत नक्कली कागजात देखाएर नेपालीलाई ठग्दै आएका थिए।

दुवै जनालाई जाहेरीका आधारमा कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले ठमेलमा रहेको होटल यात्री र डड्डी सुइट्स स्पाबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रेग्मीले बताए।

विदेश पठाउने प्रक्रियाका लागि लाग्ने खर्च प्रतिव्यक्ति १ हजार अमेरिकी डलर लिने गरेको, नक्कली ‘अफर लेटर’, वर्क परमिट, भिसालगायतका कागजात देखाई रकम पठाउन लगाउने गरेको अनुसन्धानका क्रममा खुलेको उनको भनाइ छ।

Shivam cement

उनीहरुले नेपाली ८० लाख ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको कार्यालयले जनाएको छ। पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए।

प्रकाशित: Oct 05, 2023| 15:37 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्