शनिबार, जेठ २३, २०८३

भूकम्प प्रभावित क्षेत्र बझाङ जाँदै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड शुक्रबार भूकम्पपीडित बझाङको वस्तुस्थिति बुझ्न जान लागेको उनका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले बताएका हुन्।
 |  बिहीबार, असोज १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र अवलोकनका लागि बझाङ जाने भएका छन्। प्रधानमन्त्री प्रचण्ड शुक्रबार भूकम्पपीडित बझाङको वस्तुस्थिति बुझ्न जान लागेको उनका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले बताएका हुन्।

National life

आज प्रधानमन्त्री प्रचण्डले बझाङका भूकम्प पीडितलाई तत्काल राहत उपलब्ध गराउन र क्षतिग्रस्त संरचना पुननिर्माण प्रक्रिया तत्काल थाल्न सरकारी अधिकारीलाई निर्देश गरेका थिए। 

आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२औं बैठकमा प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनस्थापना तथा पुनर्निर्माणबारे आवश्यक निर्णय तथा कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बताएका थिए। उनले सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिन पनि निर्देशन दिएका थिए।

भूकम्पले बझाङका तलकोट, मस्टा, खप्तडछान्ना, जयपृथ्वी नगरपालिका, सुर्मा, छविसपाथिभेरा, दुर्गाथली, थलारा, केदारस्यु, वित्थड, बुंगललगायत पालिका तथा सुदूरपश्चिमका विभिन्न जिल्लाका घर क्षति पुगेको छ।

Shivam cement

बझाङमा गत मंगलबार गएको भूकम्पमा परेर एक जनाको मृत्यु, १३ बढी घाइते र घर, विद्यालय भवनलगायत संरचनामा क्षति पुगेको छ।

प्रकाशित: Oct 05, 2023| 15:01 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्