शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सुनुवाइका लागि सर्वोच्च पुगेकी भारतीले भनिन् - न्याय पाउने आशा छ

सुनुवाइका लागि सर्वोच्च पुगेकी भारतीले भनिन् - न्याय पाउने आशा छ

 |  बिहीबार, असोज १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

काठमाडौं- आफ्ना पति चेतन मानन्धरलाई खुँडा प्रहार गरी नृशंस हत्या गर्ने नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध पत्नी भारती शेर्पा सर्वोच्चमा उपस्थित भएकी छन्। सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाइ सुरु भएको छ।

National life

अदालत जानुअघि माइतीघरमा अनशनरत भारतीले सर्वोच्चले न्याय देला भन्ने ठूलो आशा रहेको बताइन्। उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भनिन्, ‘म अन्यायमा परेको छु, मलाई न्याय चाहियो। म न्याय पाउनको लागि गुहार माग्न आइपुगेको छु। सरकारले कहिलेसम्म दुई चार पैसा र सोर्सफोर्सको भरमा हत्यारालाई उम्काइरहन्छ ? राष्ट्रपति हुँ, सरकार हुँ भन्दैमा हत्यारालाई सजायमुक्त गर्ने अधिकार उसको पनि छैन। संविधान दिवसको नाटक गरेर हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय दिइएको अपराधीलाई कसरी माफी दिन सकिन्छ ? हत्यारालाई उम्काउन खोज्नु हुँदैन, यो गलत हो, यस्तो नजिर बस्नु हुँदैन।’

उनले आफूलाई जनताले पनि साथ देलान् भन्ने ठूलो आशा रहेको बताउँदै भनिन्, 'जनता, मिडिया सबैले यस्तो खाले विकृति विरुद्ध उभिन मलाई साथ दिइरहनु भएको छ। सबै एकजुट हुनुभयो भने म सरकारसँग पनि डउाउँदिन।’

श्रीमान् चेतनको हत्या अभियोगमा जेल परेका रिगललाई गत ३ असोजमा सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले माफी दिएपछि परिवारले विरोध गर्दै आएको छ।

कांग्रेसको भ्रातृ संगठन तरुण दलका नेतासमेत रहेका ढकालले २९ असार २०७२ मा नेपालगञ्जका २९ वर्षीय चेतनमाथि खुँडा प्रहार गर्दा मृत्यु भएको थियो। रिगललाई मानन्धरको हत्या अभियोगमा जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। उक्त घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीनदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो।

Shivam cement

नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध भारती शेर्पाले  सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइ सुरु भएको हो।

 

प्रकाशित: Oct 05, 2023| 14:32 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्