भारतको बिहारमा मदिरा विरोधी अभियान चलाइरहेका एक जनाको ज्यान गएको छ। मुजफ्फरपुर जिल्लाको रामपुर जयपाल गाउँका जितेन्द्र यादवले ज्यान गुमाउनु परेको हो।
भीडले प्रहरीका गाडीहरुमा आगो लगाइदिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार जितेन्द्र भाग्ने क्रममा पोखरीमा हामफालेका थिए। उनको त्यहीँ मृत्यु भएको हो।
भारतमा सन् २०१६ देखि मदिरा प्रतिबन्ध छ तर लुकीछिपी यसको बिक्री र सेवन हुने गरेको छ।