शनिबार, वैशाख २६, २०८३

पुल्चोक क्याम्पसका पदाधिकारीले दिए सामूहिक राजीनामा

पछिल्लो समय पुल्चोक क्याम्पसमा इन्जिनियरिङ अध्ययन शुल्क वृद्धि भएपछि विभिन्न राजनीतिक संगठनमा आबद्ध विद्यार्थी संगठनले तालाबन्दी, डीनलगायतका पदाधिकारीमाथि हुलहुज्जत गर्दै आएका छन्।
 |  बिहीबार, असोज १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

काठमाडौं–त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक लोकनाथ रेग्मीसहितका पदाधिकारीले स्वैच्छिक रुपमा आवधिक रुपमा सामूहिक राजीनामा दिएको घोषणा गरेका छन्।

National life

आज निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक रेग्मीको अध्यक्षतामा बसेको बैठकले सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख, विभागीय उपप्रमुख, एमएससी को–अर्डिनेटर, निर्देशक तथा प्रशासन प्रमुखले सामूहिक  राजीनामा दिने निर्णय गरेको हो।

पछिल्लो समय पुल्चोक क्याम्पसमा इन्जिनियरिङ अध्ययन शुल्क वृद्धि भएपछि विभिन्न राजनीतिक संगठनमा आबद्ध विद्यार्थी संगठनले तालाबन्दी, क्याम्पस प्रशासनका अधिकारी, डीनलगायतका पदाधिकारीमाथि हुलहुज्जत गर्दै आएका छन्।

मंगलबार मात्रै विद्यार्थी संगठनसँग शुल्क वृद्धि फिर्ता लिने निर्णय भएको थियो। तर, त्यसमा असहमति जनाउँदै सिंगो क्याम्पस प्रशासनबाटै सामूहिक राजीनामा दिने घोषणा गरिएको हो।

आजको बैठकमा संस्थानका डीन, सहायक डीनलाई अनधिकृत, अनुचित दबाव सिर्जना गरी नियोचित तवरबाट इन्जिनियरिङ अध्ययन संस्थानको भविष्यमाथि नै संकट पर्ने कार्य भएको ठहर गरेको छ।

इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिले अन्तिम पटक तोकेको शुल्कबमोजिम प्रवेश परीक्षा सञ्चालन नभए क्याम्पस सञ्चालन गर्न असमर्थ हुने सामूहिक राजीनामा पत्रमा भनिएको छ। क्याम्पस सञ्चालन गर्न असमर्थ देखिएकाले स्वैच्छिक रुपमा क्याम्पसको आवधिक पदबाट सामूहिक राजिनामा दिने निर्णय भएको पत्रमा जनाइएको छ।

प्रकाशित: Oct 05, 2023| 12:53 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्