शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • आजदेखि मौसममा सुधार आउने, केही प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने

आजदेखि मौसममा सुधार आउने, केही प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने

 |  बिहीबार, असोज १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

काठमाडौं- विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार आएको छ  

National life

जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि मौसम सुधार हँुदै गएको छ। महाशाखाका मौसमविद् गोविन्द झाले अब मौसममा सुधार हुँदै जाने बताए।     ‘मौसम विस्तारै सुधार हुँदै गएको छ। देशको पूर्वी भेगमा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ, उक्त प्रणाली उत्तर पश्चिमतर्फ सर्ने क्रममा रहेकाले त्यो पनि विस्तारै कमजोर हुने देखिन्छ। भारतको सिक्किम आसपास र बङ्गलादेशतिर यसले असर गर्ने देखिन्छ’, उनले भने।    

मौसमविद् झाका अनुसार कोशी प्रदेशमा आज बाक्लो बादल लागको छ। अन्य भेगमा सामान्यतया मौसम सफा छ। अबको दुई तीन दिनलाई हल्का वर्षाको सम्भावना रहे पनि भारी वर्षाको सम्भावना नरहेको उनले उल्लेख गरे।    

महाशाखाको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा अहिले कोशी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेश थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि नेपालमा हाल भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। यसका कारण देशका केही भागमा थोरै असर रहे पनि क्रमशः मौसममा सुधार आउने महाशाखाले जनाएको छ।   

Shivam cement

शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रकाशित: Oct 05, 2023| 09:53 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्