शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सामाजिक सद्भावमा असर गर्ने खालका गतिविधिहरू पोष्ट नगर्न प्रेस काउन्सिलको अपिल

सामाजिक सद्भावमा असर गर्ने खालका गतिविधिहरू पोष्ट नगर्न प्रेस काउन्सिलको अपिल

 |  बुधबार, असोज १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १७, २०८०

काठमाडौं- प्रेस काउन्सिल नेपालले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा नै असर गर्ने किसिमका सामग्रीहरु सामाजिक सन्जालमा पोष्ट नगर्न आग्रह गरेको छ। 

National life

उन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले भनेका छन्, 'पछिल्लो समयमा मुलुकका केही भागमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा नै असर गर्ने खालका गतिविधिहरू भइरहेका छन्। यस्ता कार्यमा फेसबुक, ट्वीटर, युट्युव टिकटकजस्ता सामाजिक सञ्जालको व्यापक दुरुपयोग भएको छ। सामाजिक सञ्जालमा भेटिने कतिपय अमर्यादित, अशिष्ट र तथ्यहीन सामग्रीले जनमानसमा भ्रम समेत सिर्जना गरेकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ।'

सामाचार र सामाजिक सन्जालमा भइरहेको त्यस्तो गतिविधि रोक्न काउन्सिलले राज्यका निकायहरूसँग आवश्यक समन्वय र सहजीकरण गरिरहेको भन्दै सञ्चारमाध्यम र सञ्चारकर्मीले प्रयोग गर्ने सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउनसमेत पहल गरिरहेको जनाएको छ।

'परिस्थितिलाई उत्तेजक बनाउन नियोजितरूपमा सामाजिक सञ्जालमा गलत र मिथ्या सूचना राख्नु, जातजाति, धर्म, सम्प्रदाय, सार्वजनिक शिष्टता र नैतिकताको प्रतिकूल सामग्री पोष्ट हुनु यसको दुरुपयोग हो। काउन्सिल यस्ता आपत्तिजनक सामग्री पोष्ट नगर्न नगराउन सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्तालाई आह्वान गर्दछ,' काउन्सिलले भनेको छ।

प्रकाशित: Oct 04, 2023| 21:59 बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्