शनिबार, जेठ २३, २०८३

सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल

 |  बुधबार, असोज १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १७, २०८०

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्तिसुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुन सबै पक्षलाई अपिल गरेको छ।

National life

आयोगले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा अरुको अधिकारप्रति सचेत रहन, मर्यादित रुपमा सामाजिक सञ्जालको प्रयोग गर्न तथा नेपालगञ्जमा हिजो भएको घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घाइतेको उपचारको व्यवस्था गर्न र संयमता अपनाउन आयोग सम्बन्धित सबै पक्षलाई अपिल गर्दछ।’

बाँकेको नेपालगञ्जमा हिजो भएको घटनामा पाँच सुरक्षाकर्मीसहित २२ जना घाइते भएको विषयमा आयोगको नेपालगञ्ज कार्यालयले स्थलगत अनुगमन गर्नुका साथै सरोकारवालाका लागि निकायसँग सम्पर्क गरी जानकारी लिइरहेको विज्ञप्तिमा उल्लेख छ।

नेपालगञ्जमा असोज १५ गते बसेको सर्वदलीय र सर्वपक्षी बैठकको निर्णयअनुसार असोज १६ गते बिहान सद्भाव र्‍याली निकालिएको थियो। तर सोही दिन दिउँसो नेपालगञ्ज उपमहानगरपालिकाभित्र अनिश्चितकालका कर्फ्यू जारी गरिएको थियो।

Shivam cement

प्रकाशित: Oct 04, 2023| 20:59 बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्