शनिबार, जेठ २३, २०८३

भूकम्पको भोलिपल्ट बझाङ पुगे रवि

 |  बुधबार, असोज १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १७, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बझाङ पुगेका छन्। मंगलबार बझाङ केन्द्रबिन्दु भएको गएको ६ दशमलव ३ रेक्टरको भूकम्पले पुर्‍याएको क्षतिबारे जानकारी लिन उनी त्यहाँ पुगेका हुन्।

National life

सभापति लामिछानेले बुधबार सामाजिक सञ्जालमार्फत आफूहरु बझाङ पुगेको बताएका छन्। उनले राहत उद्धारमा सरकारलाई झकझक्याउने र आफूले सकेको पहल गर्न बताएका छन्। उनले लेखेका छन् ‘भूकम्पले निकै क्षति पुगेको बझाङ जिल्ला पुगेका छौं। आज राति नै चैनपुर पुग्ने छौं। राहत उद्धारमा सरकारलाई झकझक्याउने छौं। सकेको पहल गर्नेछौँ। रास्वपा बझाङका साथीहरू हिजैदेखि सहयोगमा जुट्नु भएको छ।’

बझाङ भूकम्पमा परी १० भन्दा बढी घाइते भएका थिए। घाइते भएकाहरु मध्ये ९ जनाको जिल्ला अस्पतालमा उपचार भई घर फर्किसकेका छन् भने दुईलाई थप उपचारको लागि धनगढी रिफर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बझाङको तलकोट गाउँपालिका आसपास केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४० मिनेटको समयमा पालकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको पहिलो भूकम्प गएको थियो। त्यसपछि दिउँसो ३ बजेर ६ मिनेटमा बझाङकै चैरपुर आसपास केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रकाशित: Oct 04, 2023| 20:17 बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्