आइतबार, जेठ २५, २०८२

बेगनासतालमा एक जना मृत भेटिए

 |  बुधबार, असोज १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज १७, २०८०

vianetvianet
National life insurance

लेखनाथ- पोखरा–३१ लेखनाथ अलैँची कुनास्थित बेगनासतालमा गए राति एक युवा मृतावस्थामा फेला परेका छन्। 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विकले प्यूठान  मलरानी गाउँपालिका–४ का २२ वर्षीय अनिश श्रेष्ठ  मृतावस्थामा फेला परेको बताए। उनका अनुसार श्रेष्ठको शवपरीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ। 

इलाका प्रहरी कार्यालय सिसुवाबाट सात जनाको प्रहरी टोली घटनास्थल पुगी राति नै शव तालबाट बाहिर निकालेको थियो। नागरिकताका आधारमा मृतकको परिचय खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 04, 2023| 15:49 बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बाढीको डरले घर छाड्दै

बाढीको डरले घर छाड्दै

तीन तिर जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ।