सोमबार, भदौ २९, २०८३

बेगनासतालमा एक जना मृत भेटिए

 |  बुधबार, असोज १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १७, २०८०

लेखनाथ- पोखरा–३१ लेखनाथ अलैँची कुनास्थित बेगनासतालमा गए राति एक युवा मृतावस्थामा फेला परेका छन्। 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विकले प्यूठान  मलरानी गाउँपालिका–४ का २२ वर्षीय अनिश श्रेष्ठ  मृतावस्थामा फेला परेको बताए। उनका अनुसार श्रेष्ठको शवपरीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ। 

इलाका प्रहरी कार्यालय सिसुवाबाट सात जनाको प्रहरी टोली घटनास्थल पुगी राति नै शव तालबाट बाहिर निकालेको थियो। नागरिकताका आधारमा मृतकको परिचय खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 04, 2023| 15:49 बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्