शनिबार, वैशाख २६, २०८३

कपिलवस्तुमा सर्पको टोकाइबाट नाबालिगको मृत्यु 

वाणगंगा नगरपालिका–९ भलवाडकी ३ वर्षीया रीतिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई मंगलबार राती सर्पले डसेको थियो।
 |  बुधबार, असोज १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १७, २०८०

National life

काठमाडौं– कपिलवस्तुमा सर्पको टोकाइबाट नाबालिगको मृत्यु भएको छ। वाणगंगा नगरपालिका–९ भलवाडकी ३ वर्षीया रीतिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई मंगलबार राती सर्पले डसेको थियो।

घरमा सुतिरहेको अवस्थामा दुवै दिदीबहिनीलाई सर्पले टोकेको बुबा मोतीलाल क्षेत्रीले बताए। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा.नेत्रबहादुर रानाले उपचारका क्रममा रीतिकाको मृत्यु भएको र इशिकाको भेन्टिलेटरमा उपचार चलिरहेको जानकारी दिए।

सर्पले टोक्नासाथ बिहान ४ बजे उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा लगिए पनि अचेत अवस्थामा रहेकाले थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो।

प्रकाशित: Oct 04, 2023| 15:45 बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्