शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • दोलखामा ११ केजी सुन बरामद प्रकरणः काठमाडौंमा थप एक चिनियाँ पक्राउ

दोलखामा ११ केजी सुन बरामद प्रकरणः काठमाडौंमा थप एक चिनियाँ पक्राउ

सीआईबीको टोलीले मंगलबार काठमाडौंबाट एक चिनियाँ नागरिकसहित ३ जनालाई पक्राउ गरेको थियो भने १० असोजमा दोलखाबाट ७ जनालाई पक्राउ गरेको थियो। 
 |  बुधबार, असोज १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १७, २०८०
National life
Shivam cement

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा थप एक चिनियाँ नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा चीनको सिचुवान घर भएर हाल काठमाडौं महानगर–१५ किमडोल स्वयम्भू बस्ने ६६ वर्षीय तासी दाबा भन्ने आगर लामा रहेको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।
यो घटनामा सुन अर्डर गर्नेदेखि ल्याउन लगाउनेसम्मको भूमिका तासीले खेलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ। प्रहरीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो।

सीआईबीको टोलीले मंगलबार काठमाडौंबाट एक चिनियाँ नागरिकसहित ३ जनालाई पक्राउ गरेको थियो भने १० असोजमा दोलखाबाट ७ जनालाई पक्राउ गरेको थियो। ११ केजी सुन तस्करी प्रकरणमा हालसम्म ११ जना पक्राउ परेका छन्। 

प्रकाशित: Oct 04, 2023| 15:30 बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्