सोमबार, भदौ २९, २०८३

अविरल वर्षासँगैको पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

 |  बुधबार, असोज १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १७, २०८०

नवलपरासी- अविरल वर्षासँगै खसेको पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा पहिरोका कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए।

बुलिङटार गाउँपालिका–१ रातबीसेमा खसेको पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो। पानी परिरहेकाले तत्काल पहिरो पन्छाएर सवारीसाधन सञ्चालन गर्न कठिन रहेको उनको भनाइ छ।

कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएसँगै यस खण्ड भएर चल्ने सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। यस खण्ड हुँदै गैँडाकोटबाट नवलपुरको बुलिङटार, बौदीकाली, पाल्पाको रामपुर, तनहुँ, पोखरा, स्याङ्जालगायत स्थानका लागि सवारीसाधन सञ्चालन हुने गर्दछन्। 

निरन्तरको झरीले जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडकमा समेत  विभिन्न  स्थानमा क्षति पुगेकाले सवारी आवागमन कठिन बनेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए।

प्रकाशित: Oct 04, 2023| 10:22 बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्