शनिबार, जेठ २३, २०८३

भड्काउ अभिव्यक्ति दिने धर्मगुरु श्रीनिवास प्रहरी हिरासतमा

 |  बुधबार, असोज १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १७, २०८०

हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई घृणा फैलाउने र भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई सुनसरीको बराहक्षेत्रस्थित आश्रमबाट नियन्त्रणमा लिएको हो।

National life

श्रीनिवासले जनकपुरमा घृणाका साथै हिंसा फैलाउने अभिव्यक्ति दिएको सम्बन्धमा सोधपुछका लागि सुनसरी प्रहरीको सहयोगमा सीआईबीले नियन्त्रणमा लिएको हो। श्रीनिवासले जनकपुरमा विवादस्पद अभिव्यक्ति दिएकाले थप अनुसन्धानका लागि जनकपुर नै पठाइने भएको छ।

श्रीनिवासले केही दिनअघि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने गरी विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने अभिव्यक्ति दिँदै आएका श्रीनिवासलाई यसअघि पनि मोरङ प्रहरीले २०७५ वैशाख २४ मा पक्राउ गरेको थियो।

उनले २०७४ चैतमा विराटनगरस्थित जतुवाको एक मन्दिरमा सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई आफैंमाथि गोली प्रहार गर्न लगाएका थिए। सुनसरीको झुम्का कारागारमा उनी २० दिनसम्म हिरासतमा बसेका थिए। केही समयअघि सुनसरीको धरानमा चलेको विवादलाई भड्काउन पनि श्रीनिवासले प्रयास गरेको प्रहरीको आरोप छ।

प्रकाशित: Oct 04, 2023| 06:32 बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्