सोमबार, भदौ २९, २०८३

इन्द्रजात्रामा युवकको हत्या गर्ने चार जना समातिए

 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

काठमाडौं-  इन्द्रजात्रामा काठमाडौंको न्यूरोड क्षेत्रमा एक युवकको हत्या गरेको अभियोगमा चार जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरुमा काठमाडौं-१९ घर भइ हाल ललितपुरको लुकुसी बस्दै आएकी २० वर्षीय सोनिया श्रेष्ठ खड्की, ललितपुरकै एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्की, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ की २४ वर्षीया भूमि मल्ल र ललितपुरकै गोदावरी-५ का १९ वर्षीय अरबिन ठकुरी रहेका छन्। 

उनीहरुले सोमबार राति सवा १० बजेतिर हनुमानढोका परिसर अगाडि ओखलढुंगाको लिखु गाउँपालिका–४ घर भइ अहिले काठमाडौंकै क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय सनी कार्कीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

प्रकाशित: Oct 03, 2023| 21:12 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्