सोमबार, भदौ २९, २०८३

कर्फ्युका बीच नेपालगञ्जमा झडप, सेना परिचालन

 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

कर्फ्यका बीच बाँकेको नेपालगञ्जमा झडप भएको छ। झडपमा ३ सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन्। 

जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मीले सामान्य बल प्रयोग गर्ने क्रममा १३ जना घाइते भएको जनाएको छ। कर्फ्युको समयमा पनि ठाउँठाउँमा झडप हुने अवस्था देखिएपछि नेपालगञ्जमा नेपाली सेना परिचालन गरिएको छ। 

हिन्दू र मुस्लिम समुदायबीच धार्मिक द्वन्द्वको रूपमा आमने–सामने भएपछि मंगलवार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ।

प्रकाशित: Oct 03, 2023| 20:30 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्