बिहीबार, असोज २, २०८२

नियमित पढाइ माग गर्दा शिक्षकबाटै थुनिए विद्यार्थी

विद्यार्थीले वीरगञ्ज महानगर–२४ बहुवरीमा सञ्चालित शारदा माध्यमिक विद्यालयको पशु विज्ञान र कृषि संकाय कक्षा सञ्चालनको माग गरेपछि शिक्षकले थुनेको घटना सार्वजनिक भएको हो।
 |  मंगलबार, असोज १६, २०८०
machha bankmachha bank

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

vianetvianet

पर्सा– नियमित कक्षा सञ्चालनको माग गरेपछि वीरगञ्ज महानगरमा विद्यार्थीलाई नै थुनिएको घटना सार्वजनिक भएको छ।

Kumaribank

वीरगञ्ज महानगर–२४ बहुवरीमा सञ्चालित शारदा माध्यमिक विद्यालयको पशु विज्ञान र कृषि संकायको कक्षा सञ्चालनको माग गरेपछि विद्यार्थीलाई सोही विद्यालयका शिक्षकले थुनेको घटना सार्वजनिक भएको हो।

पठनपाठन नियमित सञ्चालन गर्न माग गरेपछि विद्यालय प्रशासनले आफूहरुलाई कुटपिट गर्नाका साथै घन्टौं थुनेर राखेको विद्यार्थीहरुले आरोप लगाएका छन्। दैनिक सात कक्षा पढाइ हुनुपर्नेमा एक कक्षासमेत पढाइ नभएको जानकारी महानगरको शिक्षा महाशाखामा गराउँदासमेत सुनुवाइ नभएको विद्यार्थीको गुनासो छ।

विद्यालय प्रशासनले आफूहरुबाट सबै शुल्क असुल गरे पनि अहिलेसम्म पूरै किताबसमेत उपलब्ध नगराएका कारण दोस्रो वर्षको पहिलो सेमेस्टर परीक्षामा ११ मध्ये एक जना मात्र उत्तीर्ण भएको विद्यार्थी बताउँछन्।

प्राविधिक शिक्षाको कक्षा नियमित सञ्चालन नभएको विषयमा विद्यालय प्रशासनसँग बुझ्दा विद्यालयका प्रअ बिदामा रहेकाले प्रविधिक कक्षाबारे उनले नै जानकारी दिने जनाएको छ। 

Metro Mart

महानगरको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यालयमा अध्यापन गराउने शिक्षकले तलब नपाएका कारण पढाइ नभएकोे बताए। उनले शिक्षकको सबै तलब समयमै पठाएको विद्यालयको प्रतिवेदनबाट देखिएपछि सो घटनाको छानबिन सुरु गरिएको बताए।–रासस

प्रकाशित: Oct 03, 2023| 15:50 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्