शुक्रबार, वैशाख २६, २०८२

बझाङमा भूकम्पले घर भत्किए

भूकम्पबाट दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालय र निजी घरहरु भत्किएको स्थानीयले बताएका छन्।
 |  मंगलबार, असोज १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

vianetvianet

बझाङमा आज गएको भूकम्पले घरहरु भत्किएको प्रारम्भिक विवरण प्राप्त भएको छ। भूकम्पको केन्द्रबिन्दू तालकोट र चैनपुर बजारका अधिकांश घरमा क्षति पुगेको बताइएको छ।

triton college

भूकम्पले बाल विकास मावि जयपृथ्वी नगरपालिका-४ गोलाईको भवन भत्काएको छ। भूकम्पबाट दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालय र निजी घरहरु भत्किएको स्थानीयले बताएका छन्।

आज दिउँसो २५ मिनेटको फरकमा दुईपटक भूकम्प  महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको महसुस सुदूपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशसमा समेत गरिएको छ। पहिलो भूकम्प तालकोट गाउँपालिका आसपास केन्द्रबिन्दु बनाएर गएको थियो। दोस्रो चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको हो।

National life insurance

तस्बिर नरेन्द्र उपाध्याय

प्रकाशित: Oct 03, 2023| 15:41 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्