सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कांग्रेस सह–महामन्त्री यादवलाई खुकुरी हान्ने सापकोटा कारागार चलान

कांग्रेस सह–महामन्त्री यादवलाई खुकुरी हान्ने सापकोटा कारागार चलान

सापकोटालाई ज्यान मार्ने उद्योगमा काठमाडौं जिल्ला अदालतले सोमबार कारागार चलान गर्ने आदेश सुनाएको थियो।
 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

काठमाडौं– सत्तारुढ कांग्रेसका सह–महामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि खुकुरी हान्ने  श्यामबाबु सापकोटालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

सापकोटाले गत २० भदौमा भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा आयोजित कार्यक्रम सकाएर बाहिरिँदै गर्दा यादवमाथि खुकुरी प्रहार गरेका थिए।

सापकोटालाई ज्यान मार्ने उद्योगमा काठमाडौं जिल्ला अदालतले सोमबार कारागार चलान गर्ने आदेश सुनाएको थियो। यादवलाई खुकुरी हानेलगत्तै प्रहरीको पक्राउमा परेका सापकोटाले राजसंस्थाको पक्षमा नाराबाजी गर्दै भ्रष्टाचारी नेताहरुलाई छप्काउने बताएका थिए।

प्रकाशित: Oct 03, 2023| 15:17 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्