शनिबार, जेठ २३, २०८३

बझाङ भूकम्पको धक्का काठमाडौंसम्म महसुस

 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। आज दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।

National life

भूकम्प काठमाडौं उपत्यकासहित नुवाकोट, सिन्धुपाल्चोक र आसपासका जिल्लामा समेत महसुस गरिएको छ। सुदूरपश्चिमको बझाङमा गएको शक्तिशाली भूकम्पको झट्का  काठमाडौंसम्म महसुस भएको हो।

बझाङमा आज दिउँसो पटक पटक गरी पाँच वटा धक्का महसुस भएको छ। सुरुमा दिउँसो २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएकोमा आधा घण्टाभित्र ६.४ म्याग्निच्युडको अर्को झट्का महसुस भएको हो। यसको महसुस काठमाडौंसम्म  भएको हो।

भूकम्पले पुराना घरहरु भत्किएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

 

Shivam cement

प्रकाशित: Oct 03, 2023| 15:15 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्