शनिबार, जेठ २३, २०८३

त्रिशूलीमा हेलिए हेटौंडाका निरञ्जन

त्रिशूलीमा हाम फालेका देवकोटाको अहिलेसम्म अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ। 
 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०
National life
Shivam cement

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–५ घाटबेंसीस्थित नयाँ पुलबाट त्रिशूलीमा हाम फालेर एक युवा बेपत्ता भएका छन्। मकवानपुरको हेटौंडा उपमहानगर–२ चौकीटोलका नारायणप्रसाद देवकोटाका ३८ वर्षीय छोरा निरञ्जनले आइतबार बेलुकी त्रिशूलीमा हाम फालेका थिए। 

बा प्र०३–००५प ४१७६ नम्बरको एभेन्जर मोटरसाइकल नयाँ पुलमै छाडेर देवकोटा त्रिशूलीमा हाम फालेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गजुरीले बताएको हो। 

इलाका प्रहरी कार्यालय गजुरीबाट ३ किलोमिटरको दूरीस्थित उक्त पुलबाट हाम फालेका देवकोटाको अहिलेसम्म अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ। देवकोटाले त्रिशूलीमा हाम फालेपछि आफन्तको आग्रहमा प्रहरीले स्थानीयको सहयोग लिएर  उनको खोजी गरिरहेको छ।

प्रकाशित: Oct 03, 2023| 13:34 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्