शनिबार, जेठ २३, २०८३

नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश

सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो। 
 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

काठमाडौं– बाँके जिल्ला प्रशासनले नेपालगञ्ज उप–महानगर क्षेत्रभित्र  अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। विगत केही दिनदेखि नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक विवाद देखिँदै आएको थियो। 

National life

आज बिहान मात्रै प्रशासनले हिन्दु र मुस्लिम समुदायका अगुवालाई एकै ठाउँ राखेर सर्वपक्षीय बैठक बसालेको थियो केही घन्टाअघि नेपालगञ्जमा सद्भाव र्‍याली पनि निकालिएको थियो।

तर, सद्भाव र्‍याली, सर्वपक्षीय बैठक बसालिए पनि विवाद साम्य हुन नदेखिएपछि प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको बताइएको छ।

सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ। हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगर क्षेत्रमा कर्फ्यु जारी गरिएको हो।

आज हिन्दु समूहले नेपालगञ्जमा प्रदर्शन गर्ने तयारी भइरहँदा झडप हुन सक्ने र सद्भाव बिग्रिने संकेत देखिएपछि कर्फ्यु जारी गरिएको हो।

Shivam cement

प्रकाशित: Oct 03, 2023| 13:04 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्