शनिबार, जेठ २३, २०८३

नेपालमा चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषयबारे छलफल हुने।
 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

काठमाडौं– नेपालमा चट्याङ र यसको रोकथामका विषयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। ललितपुरमा हुने सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित १०० जनाको सहभागिता रहनेछ।

National life

सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चट्याङविद् प्राडा श्रीराम शर्माले जानकारी दिए। सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अस्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायतका देशबाट विज्ञको सहभागिता रहने उनको भनाइ छ।

१९ असोजसम्म चल्ने सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषयबारे छलफल हुनेछ। मुख्यगरी यस सम्मेलनले नीति निर्माणका सहयोग गर्ने गरी रणनीति तय गर्ने चट्याङविद् डा शर्माको भनाइ छ। उनका अनुसार प्रस्तुत हुने ४४ शोधपत्रमध्ये २८ वटा नेपालकै रहनेछ।

नेपालमा चट्याङ्सम्बन्धी सूचना प्रणाली छैनन् भने रोकथामका लागि खास काम पनि हुन सकेको छैन। अनुसन्धान भएका मुलुकमध्ये नेपाल चट्याङको चौथो उच्च जोखिममा पर्ने उनले बताए।

प्रकाशित: Oct 03, 2023| 12:35 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्