सोमबार, भदौ २९, २०८३

हत्या आरोपमा दुई युवक पक्राउ

भक्तपुर चाँगुनारायण नगरपालिका–८ का २१ वर्षीय समिर राय र काभ्रे बनेपा नगरपालिका–१ का २२ वर्षीय ईश्वर विक पक्राउ परेका हुन्। 
 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

काठमाडौं– काभ्रेमा एक पुरुषको हत्या गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्। आइतबार बिहान ७ः५० बजे भक्तपुर–काभ्रे सीमा बनेपा नगरपालिका–१ नालाको प्लटिङमा सिन्धुली मरिण गाउँपालिका–५ का  ५५ वर्षीय दुधलाल थिङको शव फेला परेको थियो। थिङ बनेपा बस्दै आएका थिए।

उनको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले बताए। पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–८ का २१ वर्षीय समिर राय र काभ्रे बनेपा नगरपालिका–१ का २२ वर्षीय ईश्वर विक रहेका छन्। उनीहरूलाई प्रहरी चौकी नालाको टोलीले पक्राउ गरेको हो।

थिङको शरीरमा चोटपटक देखिएपछि प्रहरीले हत्या शंका गरी अनुसन्धान अगाडि बढाएको थियो। जिल्ला प्रहरीका अनुसार उनीहरूले मादक पदार्थ सेवन गरेको र घर फर्किने क्रममा थिङसँग घटनास्थलमा भेट भई विवाद हुँदा रिसको आवेगमा कुटपिट गरेर भागेको स्वीकारेका छन्।

प्रकाशित: Oct 03, 2023| 12:25 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्